ब्लाष्टखबर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ। याे संख्या डब्लुएचओकाे पछिल्लाे तथ्याङ्क अनुसार काेराेना महामारीकाे सुरू भएकाे देश चिनकाे भन्दा ४ हजार २ सय ९८ ले कम हाे । डब्लुएचओका अनुसार चिनमा हाल सम्म ९१ हजार १ सय २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १ हजार ३ सय २९ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ६४ हजार ६९ जना पुगेको छ।
देशभर २२ हजार २ सय १९ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ।