धरान । धरान–१५ का एक जना होम आइसोलेनसमा रहेका कोरोना संक्रमित बिरामीको मृत्यु भएसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

धरान–१५ देवकोटा चोकका ६१ वर्षीय वृद्धको बुधबार बिहानै मृत्यु भएको हो । मुटुको सल्यक्रिया समेत गरिएका ती वृद्धले औषधि सेवन गर्दै आइरहेका थिए । मृतकको असोज २४ गते स्वाब संकलन गरिएको थियो ।

त्यस्तै बीपी प्रतिष्ठानमै इटहरीकी ६० वर्षीया एक महिलाको ज्यान गएको थियो । त्यस्तै मोरङ बेलबारीका ३७ वर्षीय एक पुरुषको पनि ज्यान गएको थियो । त्यस्तै विराट मेडिकल कलेजमा एक जनाको ज्यान गएको हो । मोरङ बेलबारीका ३७ वर्षीय पुरुषमा कुनै पनि समस्या नभएको बताइन्छ ।