श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक २१ गते शुक्रबार, ६ नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको षष्ठी तिथि २४ः०० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र आद्र्रा ०६ः५८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः१७ र सूर्यास्त ५ः१६ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
प्रतिष्ठामा वृद्धि हुनेछ । चौतर्फी प्रशंसा हुनेछ । बन्धुबान्धवजनबाट सहयोग मिल्ने छ । लक्ष्मी प्राप्तिको योग छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शैक्षिक क्षेत्रमा सुधार हुनेछ । व्यापार–व्यवसायमा नाफा हुनेछ । बोलीवचनमा सुधार गर्नुपर्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नया“ कामको थालनी गर्नुभएकोमा भाग्यले साथ दिनेछ । खानपान समारोहमा सहभागी बन्नुहुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । अनावश्यक खर्चको बोझ थपिनेछ । आर्थिक सङ्कट आइपर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरमा माङ्गलिक कार्य हुनेछ । पाहुनाको आगमनले मनमा सन्तोष रहनेछ । व्यापार–व्यवसायमा वृद्धि हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर स्वस्थ रहनेछ । विशिष्ट व्यक्तिबाट सहयोग र समर्थन मिल्नेछ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक कार्यमा लाग्नुहुनेछ र राज्यबाट सम्मान–सहयोग मिल्नेछ । यात्रा रमाइलो अर्थपूर्ण रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यात्रामा कष्ट हुनेछ । चोटपटक लाग्न सक्छ । धनमाल चोरी हुने सम्भावना छ । आर्थिक सङ्कट आईपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परिवारका सदस्यको स्वास्थ्यमा सुधार आउनेछ । मनमा खुशी छाउनेछ । प्रेम प्रसङ्गमा सुधार आउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यमा सुधार आउनेछ । शत्रुनाश हुनेछन् । मुद्दा–मामिलामा विजयी बन्नुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुत्रबाट सुख मिल्नेछ । व्यापार–व्यवसायबाट सामान्य लाभ मिल्नेछ । शैक्षिक क्षेत्रमा ठूलो प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पाचन प्रणालीमा समस्या देखिनेछ । घरमा सामान्य मनमुटाव रहनेछ । थालेका काम अधुरै छाड्नुपर्ने होला ।