ब्लाष्टखबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलका लागी सुवास नेम्वाङ  खुमलटार पुगेका छन् ।  अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल बीच बढ्दै गरेकाे विवादको सामधानकालागी नेम्वाङ दाहाललाइ भेट्न खुमलटार पुगेका हुन्। 

 दुई अध्यक्षबीच दुरी बढ्दै जादाँ  नेकपाका दाेस्राे तहका नेता विवाद सामाधानका लागी अघिसरेका छन् । उनले आफू अहिले खुमलटार गएकाे जानकारी गराउँदै दुई अध्यक्षबीच सहमतिको विकल्प नरहेको बताए ।

खुमलटर पुगेका नेता नेम्बाङ्ले आजै दाहालले सचिवालय सदस्यहरुसँग धुम्बाराहीमा छलफल गर्ने बताएकाे जानकारी गराएका छन्  ।

नेम्वाङले  दाहाल छलफलका लागी बालुवाटार नजाने भन्ने कुराकाे जिज्ञासा राख्दाँ  उनले  धुम्बाराहीमा छलफल गरेपछि प्रधानमन्त्रीसँग कुरा गर्ने बताएकाे जानकारी दिएका छन् ।

त्यस्तै, नेकपाका अर्का नेता भिम रावलले भने राष्ट्रपति विद्यादेवी भण्डारीको एक पक्षलाई साथ दिएको  भन्दै आपत्ति जनाएका छन् छन्।

सामाजिक सञ्जाल ट्विटर मार्फत उनले एक पक्षकाे पक्षपाेषणका लागि सक्रियता बढाएकाे भन्ने समचार आइरहेको  बताएका छन् ।उनले भनेका छन् 'नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ। '