ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेबिच शिष्टाचार भेट भएकाे छ । बुधबारदेखी नेपाल भ्रमणमा रहेका नरवणे र प्रधानमन्त्री ओलीबिच प्रधानमन्त्रीकाे सरकारी निवास बालुबाटारमा शुक्रबार मध्यान्न भेट भएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
यसअघि बिहिबार नरवणेले प्रधान सेनापती पूर्णचन्द्र थापासंग भेट गर्नुका साथै राष्ट्रपती विद्यादेवी भण्डारीबाट नेपालि सेनाकाे मानार्थ महारथीकाे दर्जानी ग्रहण गरेका थिए । राष्टपती भवन शितल निवासमा आयाेजित समहाराेमा राष्ट्रपती भण्डारीले उनलाइ दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
नरवणे आज भारत फर्कदै छन् ।