श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक २३ गते आइतबार, ८ नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको अष्टमी तिथि २४ः०० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पुष्य ०९ः०३ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः१९ र सूर्यास्त ५ः१५ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आफन्त, छिमेकी वा मान्यजनसँग विवाद बढ्न सक्छ । आफन्तसँग दूरी बढ्ला । आयस्रोतमा कमी आउनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धेरैको समर्थन र सहयोग मिल्नेछ । काम गर्न जाँगर मिल्नेछ । गरगहना, लत्ताकपडा, उपहार मिल्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खानपानका समारोहमा सहभागी बन्नुहुनेछ । खानपानकै कारण आफन्तसँग मनमुटाव बढ्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यात्राका क्रममा बाधा हुनसक्छ । गरगहना र धनमाल चोरी हुने सम्भावना छ । आफन्तको सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा फस्नु होला । आपसी फाटो आउन सक्छ । धेरैको समर्थन पाए तापनि अपजस मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको सहयोग मिल्नेछ । भोजभतेर र खानपानका समारोहमा सहभागी बन्नुहुनेछ । तपाईंको प्रशंसा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तबाट राम्रो सहयोग मिल्नेछ । आभूषण, वस्त्र उपहार मिल्नेछ । व्यवसायमा नाफा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परोपकार, समाजसेवाजस्ता कार्यमा लाग्नुहुनेछ । यात्रा केही झण्झटिलो रहनेछ । आयस्रोत सामान्य रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विशिष्ट व्यक्तिको सहयोगले महत्वपूर्ण काम बन्नेछ । भौतिक सम्पत्तिको जोहो गर्नुहुनेछ । स्वास्थ्य लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ पाहुनासँग भेटघाट हुनेछ । अतिथि सत्कार गर्ने मौका पाइनेछ । उपहार वा पदक प्राप्तिको योग छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । व्यवसायबाट नाफा हुने छैन । स्वास्थ्यमा समस्या रहनेछ । आफन्तसँग भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार–व्यवसायमा प्रशस्त नाफा हुनेछ । नयाँ स्थानमा नयाँ कामको थालनी हुनेछ । सामाजिक काममा मन जानेछ ।