श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल कात्तिक २४ गते सोमबार, ९ नोभेम्बर २०२० । कात्तिक कृष्णपक्षको नवमी तिथि २४ः०० बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्लेषा ०९ः०० बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः२० र सूर्यास्त ५ः१४ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
खानपानले गर्दा शरीर अस्वस्थ रहनेछ । पैतृक सम्पत्तिको विवादले ठूलै रूप लिनेछ । आर्थिक उन्नति देखिँदैन ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधुरा काम बन्नेछन् । प्रतिस्पर्धी परास्त हुनेछन् । माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ । आयआर्जन यथावत् रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उद्योग व्यवसायमा सफलता मिल्नेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । गृह सुखको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भूमि, वाहनको कारोबारमा सफलता मिल्नेछ । राजनीति र नोकरीतर्पm सन्तोष मिल्नेछ । व्यापारमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खराब भोजनका कारण स्वास्थ्य बिग्रनेछ । खराब सङ्गतले गर्दा प्रतिष्ठामा आँच आउनेछ । दिन सामान्य रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पारिवारिक सुख मिल्नेछ । मनमा हर्ष र उत्साह बढ्नेछ । नयाँ कामको थालनी गर्नु हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
भूमि, वाहनको सुख मिल्नेछ । मान्यजनबाट सहयोग मिल्नेछ । नोकरी र राजनीतितर्पm ठूलो सफलता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खानपान समारोहमा सहयोगी बन्नु हुनेछ । गर–गहना, वस्त्र उपहार मिल्नेछ । धन आर्जनको योग छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शरीर अस्वस्थ रहनेछ । अनावश्यक विवादमा फस्नु हुनेछ । मनमा अशान्ति बढ्नेछ । धन हानि हुने योग छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिन मनोरञ्जनपूर्ण रहनेछ । सामाजिक कार्यमा सहभागी बन्नु हुनेछ । उपहार, पुरस्कार प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अधुरा काम बन्नेछन् । मनमा उत्साह बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । आफन्तजनमा हानि नोक्सानी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शरीर स्वस्थ रहनेछ । धन, वस्त्र प्राप्ति हुनेछ । आय आर्जनको नयाँ स्रोत मिल्नेछ । धेरैको सहयोग, समर्थन मिल्नेछ ।