ब्लाष्टखबर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बसेकाे सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली सहभागी भएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएकाे बैठकमा नराख्न लबिङ गर्दै आएका ओली अन्तिम समयका बैठकका उपस्थित हुन सहमत भएका थिए । उनि उपस्थित नभएकाे यस अघि कात्तिक २८ गते बसेकाे बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीको आलोचना गरेर छुट्टै प्रस्ताव ल्याएपछि बैठक सार्न  खोजेपनि बहुमत सचिवालय सदस्यले बैठक गर्नुपर्ने अडान लिएपछि प्रधानमन्त्री ओली बैठकका लागि तयार भएका हुन्।

अघिल्लाे बैठकले  स्थायी कमिटीको निर्णय कार्यान्वयन र पार्टीको आन्तरिक मामलामा देखिएको समस्यामा छलफल हुने एजेण्डा तय गरेकाे थियाे ।

प्रचण्डले एकतर्फी रूपमा प्रतिवेदन पेश गरेको भन्दै ओली निकटकाले प्रचण्डले राजनीतिक प्रतिवेदन फिर्ता लिनु पर्ने बताउँदै अाएका छन् । सचिवालय बैठक अघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागी शितल निवासमा पुगेका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा दिउँसो १ बजे सचिवालय बैठक र २ बजे क्याबिनेट बैठक बस्ने तय भएको जानकारी दिए ।