ब्लाष्टखबर । नेपालमा पछिल्लाे २४ घण्टामा थप १ हजार ९४५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, ५ हजार ३६४ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितकाे संख्यासंगै संक्रमितकाे कुल संख्या २ लाख १६ हजार ९६५ पुगेकाे छ । भने, संक्रमण मुक्त हुनेकाे संख्या १ लाख ९१ हजार २ रहकाे छ ।
कुल संक्रमितमध्ये हाल २४ हजार ६६५ जना सक्रिय संक्रमितको रहेको मन्त्रालयले जनाएकाे छ ।
पछिल्लाे २४ घण्टामा २२ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै मृत्यु हुनेकाे कुल संख्या १२ सय ९८ पुगेको मन्त्रालयले जानकारी दिएकाे छ ।
