श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर १० गते बुधबार, २५ नोभेम्बर २०२० । कात्तिक शुक्लपक्षको एकादशी तिथि २४ः०० बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र उत्तरभाद्र १८ः३३ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः३२ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्य खालको छ । पठन–पाठनमा रुचि भए पनि समयले साथ नदेला । साथीभाइबाट विश्वासघात हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नैतिक र सामाजिक काममा सफलता मिल्नेछ । आर्थिक लाभ हुनेछ । नया“ कामको शुभारम्भ होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । आर्थिक क्षेत्र सोचेभन्दा राम्रो होला । शैक्षिक क्षेत्रको काममा विशेष सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्य खालको छ । नसोचेको काममा अत्यधिक धन खर्च होला । माया–प्रेममा बाधा आइपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । धार्मिक कार्यक्रममा संलग्न भइएला । घरमा माङ्गलिक कार्यक्रमको योजना बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तम खालको छ । सुन–चाँदी तथा धातुसम्बन्धी कार्र्य–व्यवसाय राम्ररी फस्टाउला । शुभ समाचार सुन्न पाइएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कृषि तथा तत्जन्य कार्य–व्यवसाय राम्ररी फस्टाउला । मातृपक्षको सहयोग मिल्नेछ । बिछोडिएका साथीसित भेटघाट होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय उत्तम खालको छ । रमाइलो यात्राको अवसर मिल्ला । घरायसी काममा समय बित्ला । यात्रा सफल हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्य खालको छ । राजनैतिक क्षेत्रमा वर्चस्व बढाउन सकिनेछ । आफन्तजनबाट विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पठन–पाठन तथा लेखन कार्यमा मन जाला । नयाँ रोजगारीको अवसर आउला । वैदेशिक यात्राको लागि उपयुक्त समय छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तम खालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसँग भेट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्य खालको छ । शरीर केही आलश्य रहला । अनावश्यक कामको झन्झटमा फसिनेछ ।