श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर १५ गते सोमबार, ३० नोभेम्बर २०२० । कात्तिक शुक्लपक्षको पूर्णिमा तिथि १५ः१५ बजेसम्म, उप्रान्त मार्ग कृष्ण प्रतिपदा, नक्षत्र रोहिणी २४ः०० बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः३६ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
जग्गा–जमिन तथा तत्सम्बन्धी कामबाट प्रशस्त लाभ मिल्ला । आफन्तजनबाट विशेष सहयोग प्राप्त होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिष्ठान्न भोजन प्राप्त हुनेछ । धार्मिक तथा सांस्कृतिक कार्यक्रममा संलग्न भइएला । उपलब्धिमूलक यात्रा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । धातु तथा तत्जन्य व्यवसाय राम्ररी फस्टाउला । मित्रजनबाट उचित सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय मध्यम् खालको छ । पठन–पाठनमा रुचि भए पनि वातावरणले साथ नदेला । पारिवारिक सङ्कट आइपर्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घर–परिवारमा स्वास्थ्यको कारण ठूलै धनराशि खर्च होला । काम गर्ने जोस–जाँगर हराउनेछ । मन चिन्तित रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय राम्रो छ । कार्यक्षेत्रमा देखिएका अवरोध हट्नेछन् र नयाँ कामको शुभारम्भ होला । रमाइलो यात्रा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शिक्षामा गरेको लगानी खेर जान सक्छ । व्यवहारिक सङ्कटले निकै सताउला । दिनको उत्तराद्र्ध अशुभ देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय मध्यम् खालको छ । अरूको भलो चाहँदा चाहँदै दोष आइपर्न सक्छ । अरूकै काममा समय बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छ । वैदेशिक यात्राको लागि उपयुक्त समय छ । अर्थिक उन्नतिमा नयाँ अवसर प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्य खालको छ । अरूको विश्वासमा पर्दा महत्वपूर्ण अवसर गुम्नेछ । रोकिएका काम सुचारु हुनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशुचौपायाको व्यवसाय राम्ररी फस्टाउला । घरपरिवार तथा साथीभाइबाट उचित सहयोग मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय सामान्य खालको छ । शिर तथा आँखासम्बन्धी रोगले सताउला । नसोचेको काममा ठूलै धनराशि खर्च होला ।