श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर १६ गते मङ्गलबार, १ डिसेम्बर २०२० । मार्ग कृष्णपक्षको प्रतिपदा तिथि १७ः०६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र रोहिणी ०८ः४२ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय राम्रो छ । राजनीतिक निकायमा तपाईंको विशेष स्थान रहला । वैदेशिक यात्राको लागि उपयुक्त समय छ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य तथा प्रतिष्ठित व्यक्तिहरूसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय सामान्य खालको छ । मुद्दा–मामिलामा तपार्इंको विजय होला । नयाँ कामको शुभारम्भ होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशु चौपायाको व्यवसाय राम्ररी फस्टाउला । घरपरिवारबाट खासै सहयोग नमिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पठन–पाठन तथा लेखन कार्यमा मन जाला । बिछोडिएका साथीभाइहरूसित भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तम खालको छ । धातु तथा तत्सम्बन्धी कार्य–व्यवसाय राम्ररी फस्टाउला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीर आलश्य बन्ला । शिर तथा आँखासम्बन्धी समस्या आइपर्ला । घाउ, चोटपटक लाग्ने सम्भावना छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय राम्रो छ । कृषि तथा तत्जन्य कार्य व्यवसायमा पूर्ण सफलता मिल्ला । मातृपक्षको सहयोग मिल्नेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शैक्षिक क्षेत्रको काममा पूर्ण सफलता मिल्ला । तपाईंले गरेका कामको चौतर्फी प्रशंसा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम् खालको छ । पारिवारिक जमघट होला । रमाइलो यात्रा तथा मिष्ठान्न भोजन मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्य खालको छ । अनावश्यक कामको झन्झटमा फसिएला । विश्वास गरेका व्यक्तिहरूबाट विश्वासघात होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तम खालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेट होला ।