श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल मङ्सिर १७ गते बुधबार, २ डिसेम्बर २०२० । मार्ग कृष्णपक्षको द्वितीया तिथि १८ः३५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मृगशिरा १०ः४८ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः३७ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
तपाईको निर्णयबाट हात पारेको कामलाई सबैले प्रशंसा गर्लान् । उचित–अनुचित व्यवहारको बोध होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्य खालको छ । हतियार तथा सवारी साधनको प्रयोगमा विशेष ध्यान पु¥याउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमीन तथा पशु–व्यवसायबाट भरपूर आम्दानी होला । लेखनमा रुचि बढ्ला । मन शान्त रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रिय व्यक्तिस“गको बिछोडले मन खिन्न रहला । काममा मन नजाला । दिनको पूर्वाद्र्धभन्दा उत्तराद्र्ध कष्टप्रद देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहित्यिक तथा मनोरञ्जनात्मक कार्यमा मन जाला । गरिरहेको कामबाट वितृष्णा बढेर जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
विपरीतलिङ्गीको सहयोग प्राप्त होला । आजबाट नयाँ जीवनको थालनी होला । शारीरिक पीडा खप्नु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाइसँगको भेटले मन प्रसन्न रहला । आफन्तहरूले पनि प्रशंसा गर्ने बेला आएको छ । समयको सदुपयोग गर्नुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरमा नयाँ व्यक्तिको आगमनले मन प्रसन्न रहला । खर्च बढेर जानेछ । रमाइलोमै दिन बित्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भोजभतेरमा संलग्न हुनु होला । स्वास्थ्यसम्बन्धी समस्याले सताउला । खानपिनमा विचार पु¥याउनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आम्दानीका नयाँ स्रोत फेला पर्लान् । नयाँ कामको शुभारम्भ होला । माङ्गलिक कार्यमा सरिक भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
हिम्मतले काम लिन नसक्दा पछि परिएला । जाँगर नआउला । आफन्तको पनि सहयोग नमिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
उद्योगधन्दा, व्यापार–व्यवसायमा प्रशस्तै लाभ होला । रमाइलो स्थानको यात्रा होला । मन प्रसन्न रहनेछ ।