ब्लाष्टखबर । देशभर पछिल्लो २४ घण्टामा ८ हजार ३०० नमुना परिक्षण हुँदा १ हजार ४९० जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ। हाल देशभर १६ हजार ५४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
२४ घन्टामा ९ को मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ३८ जना पुगेको छ ।
