श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४१, वि.सं. २०७७ साल मङ्सिर २१ गते आइतबार, ६ डिसेम्बर २०२० । मार्ग कृष्णपक्षको षष्ठी तिथि २०ः०५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र अश्लेषा १५ः०२ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः४० र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
आफन्तबाट टाढिनु पर्ला । अनावश्यक धन खर्च होला । मन अशान्त रहला । प्रेममा भने सफलता मिल्ने देखिन्छ
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यमा पुरानो समस्या देखा पर्ला । मिष्ठान्न भोजन गर्ने अवसर प्राप्त होला । छोटो तथा रमाइलो यात्रा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पेयपदार्थको व्यापार फस्टाउला । काम गर्ने जोस–जाँगर बढेर जाला । वैदेशिक यात्राको योग देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
एक्लिएको महसुस होला । असामान्य काम गर्ने जोस, जाँगर बढेर जाला । यात्रा फलदायी देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कार्यमा मन जाला । प्रतिष्ठित व्यक्तिको सल्लाहमा नयाँ कामको थालनी होला । प्रेममा सफलता मिल्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोजगारका बाटाहरू खुल्नेछन् । काममा जाँगर आउला । धातुसम्बन्धी व्यापार बढेर जानेछ । प्रेमपक्ष भने कमजोर देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ । बाहन सुख देखिन्छ । आमाको स्वास्थ्यमा समस्या आउला । दिन मध्यम्खालको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काममा अनावश्यक अपजस खेप्नु पर्ला । मन खिन्न रहला । अध्ययन–अध्यापन पनि कमजोर देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पशु चौपायाबाट लाभ होला । रमाइलो वातावरणमा दिन बित्नेछ । खानपिनमा विचार पु¥याउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक विवादमा फसिएला । झगडा नगरेकै राम्रो हुनेछ । समय सामान्यखालको छ । काम गर्दा विचार पु¥याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मान्यजनको सहयोगमा ठूलै काम हात लाग्ला । मानसिक तनाव बढेर जाला । जिम्मेवारी बोध होला । प्रेमपक्ष राम्रै देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकस्मिक धन आर्जनकोे योग देखिन्छ । छोटो तथा रमाइलो यात्रा होला । विशिष्ट व्यक्तिको सहयोग प्राप्त होला ।