श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४१, वि.सं. २०७७ साल मङ्सिर २२ गते सोमबार, ७ डिसेम्बर २०२० । मार्ग कृष्णपक्षको सप्तमी तिथि १९ः०९ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र मघा १४ः५१ बजेसम्म, उप्रान्त पूर्वफाल्गुणी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः४१ र सूर्यास्त ५ः०८ बजे हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । साथीभाइको सहयोग प्राप्त होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मिष्ठान्न भोजन प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा भन्दा मनोेरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । राजनैतिक निकायमा तपाईको उच्चस्थान रहला । मन प्रसन्न बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेट हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा तपाईको उच्चस्थान रहनेछ । समग्र दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा पशु चौपायाको व्यापार–व्यवसायमा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ । दिन उत्तम छ ।