श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर २३ गते मङ्गलबार, ८ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्गकृष्णपक्षको अष्टमी तिथि १७ः४० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वफाल्गुनी १४ः०७ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः४२ र सूर्यास्त ५ः०९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय राम्रो छ । आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । खानपानमा विचार पु¥याउनु पर्ने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । पारिवारिक मेलमिलाप हुनेछ । पढाइमा रुचि हुनेछ । लामो दूरीको यात्रा होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सवारीसाधन चलाउँदा विचार पु¥याउनु होला । आँखासम्बन्धी समस्याले सताउन सक्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तम रहेको छ । कुनै पनि नया“ कामको थालनी गर्न सक्नुहुनेछ । तपाईंले सोचेको कुरा पूरा हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनीतिक निकायमा तपाईंको उच्चस्थान रहला । मन प्रसन्न बन्नेछ । प्रेमसम्बन्धको योग बनेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
होटल व्यवसायबाट मनग्य लाभ हुनेछ । मन प्रसन्न रहनेछ । भ्रमणको योग देखिन्छ । पढाइमा रुचि बढ्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । भ्रमण गर्ने अवसर मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । मित्रमिलनको योग छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी जागिरको योग बनेको छ । धन प्राप्त हुने योग बनेको छ । मन प्रफुल्लित हुने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कुनै पनि काम गर्दा संयमता अपनाएर गर्नुहोला । काम बिग्रन सक्छ । शिरमा चोट लाग्ने सम्भावना देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन खरिद गर्ने योग छ । समय उत्तम रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धार्मिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट हुनेछ ।