श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर २४ गते बुधबार, ९ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्गकृष्णपक्षको नवमी तिथि १५ः४० बजेसम्म, उप्रान्त, दशमी नक्षत्र उत्तरफाल्गुनी १२ः५२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः४२ र सूर्यास्त ५ः०९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
वाणीमा संयमता अपनाउनु होला । मन चञ्चल रहनेछ । छालासम्बन्धी समस्याले सताउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नसासम्बन्धी समस्याले सताउनेछ । प्रेम सम्बन्धमा सफलता प्राप्त हुनेछ । वैदेशिक यात्राको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय राम्रो छ । नयाँ–नयाँ इष्टमित्रहरूसित मिलन हुनेछ । मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाइमा रुचि हुनेछ । कुनै पनि नया“ कामको थालनीबाट मन प्रसन्न रहनेछ । खेलकुद सम्बन्धी ज्ञान प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म–कर्ममा मन जानेछ । भाग्य चम्कने सम्भावना छ । व्यापार–व्यवसायमा लगानी गरे आम्दानी हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अधुरो रहेका कामहरू पूरा हुनेछन् । मन प्रफुल्लित रहनेछ । काममा जोस, जाँगर बढ्नुका साथै उमङ्ग बढ्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । मित्रमिलनको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीतिक क्षेत्रमा असफल हुने सम्भावना छ । समाजमा तपाईको मान सम्मान बढ्नेछ । यात्रा फलदायी देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरकारी जागिरको योग बनेको छ । धनको लाभ हुने देखिन्छ । मन प्रफुल्लित होला । यात्रा फलदायी देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ कामको थालनी नगर्दा राम्रो होला । समय सामान्य छ । कामकाजमा अवरोध होला । यात्रा कष्टप्रद देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायको थालनी गर्दा सोचविचार पु¥याउनु होला । शत्रुहरूले निकै सताउनेछन् । स्वास्थ्यमा समस्या आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमसम्बन्धमा खटपट आउने सम्भावना छ । स्वास्थ्य समस्याले सताउला । पढाइमा मन लाग्ने छैन ।