श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर २५ गते बिहीबार, १० डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्गकृष्णपक्षको दशमी तिथि १३ः१३ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र हस्ता ११ः१० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः४३ र सूर्यास्त ५ः०९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
अनावश्यक यात्रा तथा खर्च हुनसक्छ । आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला । दिन सामान्य बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम्पत्य सुख शान्तिको क्षेत्रमा भने कमीको स्थिति रहला । व्यापार–व्यवसायको क्षेत्रमा राम्रो देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पराक्रममा वृद्धि हुनेछ । शत्रुपक्ष पराजित हुनेछ । कुनै प्रतिस्पर्धामा तपाईंको जित हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमको क्षेत्रमा असन्तुष्टि प्राप्त होला । सन्तान पक्षसँग केही चिन्ताको स्थिति रहन सक्छ । यात्रा कष्टप्रद होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन केही प्रतिकूल देखिन्छ । मनमा चिन्ता बढ्न सक्छ । यात्रा फलदायी रहने छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त तथा मित्रजनबाट सहयोग मिल्ला । स्वास्थ्यले साथ दिनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्रोत साधन जुट्नाले कर्मको उचित फल पाइनेछ । दैनिकीमा परिवर्तन ल्याउन सफल भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उच्च रक्तचाप, टाउको तथा आँखाको समस्याले सताउन सक्छ । आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफ्नो कमजोरी बाहिरिनाले आलोचना बढ्न सक्ला । दिन सामान्य बित्नेछ । धर्म, कर्ममा मन जानेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा मामिलामा तपाईंको पराजय हुनसक्छ । कुनै पनि कार्य गर्दा संयमता अपनाउनु होला । समय मध्यम् खालको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सवारी साधन चलाउ“दा विचार पु¥याउनु होला । चोटपटक लाग्न सक्छ । खानपानमा होसियारी अपनाउनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दिगो काम हातलाग्ने समय छ । परिवारजनका आवश्यकता पूरा गर्न समय लाग्नेछ । खर्च अधिक बढेर जाला ।