श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर २८ गते आइतबार, १३ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्गकृष्णपक्षको चतृर्दशी तिथि २३ः१४ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र अनुराधा २५ः५३ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः४७ र सूर्यास्त ५ः०८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय अलि नराम्रो चलेको छ । साथीभाइबाट सोचेजस्तो सर–सहयोग मिल्ने छैन । मन खिन्न रहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिनको कारोबारबाट निकै लाभ मिल्नेछ । प्रेमसम्बन्धमा खट्पट होला । लामो दूरीको यात्रा हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्यमा नकारात्मक अवसर पर्नेछ । खानपानमा विचार पु¥याउनु होला । नयाँ कामको थालनी हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन स्थिरमा रहने छैन । कुनै कार्यको निर्णय गर्दा अग्रज व्यक्तिसँग सल्लाह लिएर अगाडि बढ्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको थालनीले मन प्रसन्न रहनेछ । पढाइमा भन्दा मनोरञ्जनमा ध्यान जाला । फलदायी यात्रा होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शेयर बजारको लगानीबाट भने प्रशस्त लाभ हुनेछ । सरकारी नोकरीको योग देखिन्छ । वैदेशिक यात्राको समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशिक यात्राको लागि समय धेरै राम्रो छ । शत्रुबाट तपाई पराजित हुनुहुनेछ । प्रेम सम्बन्धमा समस्या होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक क्षेत्रमा निकै सफल भइनेछ । मन प्रसन्न रहला । मान, सम्मान प्राप्त हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कृषि कार्य गर्नेहरूका लागि आज निकै लाभदायक हुनसक्छ । धातुसम्बन्धी कार्यको थालनी गर्दा परामर्श लिए राम्रो होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मठ, मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तपाईंको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुख र आनन्द प्राप्त हुनेछ । वस्त्र, आभूषण तथा सुख प्राप्त हुनेछ । मन प्रसन्न रहला । यात्रा फलदायी रहला ।