श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर २९ गते सोमबार, १४ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्गकृष्णपक्षको औंसी तिथि २२ः०४ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र ज्येष्ठा २४ः३३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः०९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
तपाईको मन आनन्द र प्रेमको बाटोमा हिँड्नेछ । प्रेममा सफलता पाइनेछ । स्वास्थ्यमा समस्या आउला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काम गर्न जोस, जाँगर बढ्नेछ । व्यापार–व्यवसायबाट निकै आम्दानी हुनेछ । स्वास्थ्य समस्याले सताउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धर्म–कर्ममा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग छ । राजनीतिमा निकै सफलता प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन प्रसन्न रहला । धन र स्वास्थ्य लाभको साथै सुख प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्ना कुटुम्बहरूसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला । पढाइमा मन नजाने जस्तो देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
तपाईंको लागि अनुकूल समय छैन । व्यर्थैमा आफ्नो ऊर्जा र समयको खर्च हुनसक्छ । यात्रा कष्टप्रद हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसायमा लाभ प्राप्त हुनेछ । सन्तानबाट सहयोग प्रँप्त हुन सक्ला । तपाईको कार्यको तारिफ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ । व्यवसायमा घाटा र सङ्कट आइपर्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आय तथा जीविकोपार्जनको क्षेत्रमा स्थिति अनुकूल रहला । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विद्यार्थीहरूले आफ्नो पठन–पाठनको क्षेत्रमा अधिक मेहनत र लगाव गर्नुपर्ने हुन्छ । अन्यको समय सामान्य रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जागिरको क्षेत्र राम्रै रहला । शरीरमा केही स्वास्थ्य समस्या रहन सक्छ । यात्रामा कष्ट हुनसक्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्त तथा भाइबहिनी र मित्रजनबाट अपेक्षित साथ र प्रोत्साहन प्राप्त होला । पढाइमा रुचि बढ्नेछ ।