श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल मङ्सिर ३० गते मङ्गलबार, १५ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको प्रतिपदा तिथि २०ः२६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मूल ०६ः४६ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४६ र सूर्यास्त ५ः११ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
केही कठिनाइका बावजुद पनि कार्य सिद्ध हुनेछ । आय तथा करियरको क्षेत्रमा स्थिति सामान्य नै रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आजको दिन राम्रो देखिन्छ । दाम्पत्य जीवनमा केही समस्या आइपर्ला । यात्रा कष्टकर हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यापार–व्यवसायबाट फाइदा होला । दाम्पत्य सुख र आफन्तजनबाट साथ सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन लाभ हुन सक्छ । दाम्पत्य सुख र आफ्नो परिवारबाट सुख प्राप्त हुनेछ । व्यापारबाट आम्दानी राम्रँे हुने छैन ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्वास्थ्य समस्याको सामना गर्नुपर्ला । आजको दिन सामान्य बित्नेछ । पढाइमा मन नजाला । यात्रा असफल होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यात्रा कष्टकर रहला । धन र स्वास्थ्यमा समस्या आउला । निराशाजनक फल प्राप्त हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पारिवारिक क्षेत्रमा भने स्थिति राम्रो रहला । सन्तानको प्रबलतामा वृद्धि हुनसक्छ । यात्रा सफल हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक क्षेत्रबाट लाभ र सफलता प्राप्त होला । पराक्रममा वृद्धि हुनेछ । रोकिएका कामहरू बन्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पैतृक सम्पत्ति प्रँप्त हुनसक्छ । पारिवारिक मेलमिलाप रहनेछ । आर्थिक अवस्था सबल रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
यताउता दौडधुप गर्नुपर्ला । शारीरिक समस्या हुन सक्छ । दिन सामान्य बित्नेछ । आफन्तजनबाट सहयोग प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्चमा वृद्धि हुनेछ । धन सञ्चयमा अलि कठिनाइ रहनेछ । खर्चमा वृद्धि हुनेछ । दिन सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
घरमा कुनै मह“गा या विलासिताका सामानहरू खरिद हुनसक्छ । निर्माण कार्यहरू पनि हुनसक्नेछन् । दिन राम्रो छ ।