ब्लाष्टखबर । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ऐन संसोधन अध्यादेश जारी गरेकी छिन्।
सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिका कारण संवैधानिक परिषदको बैठक स्थगित भएपछि बसेकाे मन्त्रीपरिषद्काे बैठकले अध्यादेश संसाेधनकाे सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले परिषद्काे (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश २०७७ जारी गरेकाे स्राेतले बताएकाे छ ।
परिषदकाे अध्यक्ष प्रधानमन्त्री र सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । बैठकका लागी अध्यक्ष सहित ४ जना सदस्यकाे उपस्थिति अवश्यक भएपनि उपसभामुख पद रिक्त रहेकाे र सभामुखकाे अनुपस्थितिका कारण बिहान बैठक हुन सकेकाे थिएन ।
जारी अध्यादेशमा संवैधानिक परिषदको बैठकका लागि आवश्यक पर्ने गणपुरक संख्या घटाइएको अथवा फेरवदल गरेकाे हुनसक्ने बताइएकाे छ । बिहान हुन नसकेकाे संवैधानिक परिषदको बैठक साझ पुन: बाेलाइएकाे छ । राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि सभामुख सापकोटाकाे अनुपस्थितिमा पनि बैठक संञ्चालन हुने बाटाे खुलेकाे छ।