श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १ गते बुधबार, १६ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको द्वितीया तिथि १७ः१६ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र पूर्वाषाढा २०ः२० बजेसम्म, उप्रान्त उत्तरषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ६ः४७ र सूर्यास्त ५ः११ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धर्म–कर्ममा मन लाग्नेछ । व्यवसायबाट प्रशस्त लाभ मिल्ने अवसर छ । धन प्राप्तिको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरिक कष्टको योग छ । लापरबाही नगर्नु होला । अनावश्यक खर्च हुनेछ । लेनदेन गर्दा सोचेर गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नया“ कामको थालनीको लागि समय राम्रो छ । इष्टमित्रहरूसँग सङ्गम हुने योग छ । मन प्रसन्न रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शरीरमा आलश्य आउनेछ । काममा मन लाग्ने छैन । पढाइक्षेत्रमा उन्नति हुनेजस्तो देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सरकारी निकायबाट तपार्इंलाई उच्च स्थानमा नियुक्त गरिनेछ । मन प्रफुल्लित रहनेछ । सोचेका कामहरू पूरा हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन–अध्यापनमा सफलता रहनेछ । वस्त्रको व्यापारबाट सोचे अनुरूप लाभ हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रुहरूले तपाईंमाथि फाइदा उठाउन सक्छन् । सजग रहनु होला । छोटो तथा फलदायी यात्रा हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । थालेको काम असफल होला । यात्रा कष्टकर देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । राजनैतिक क्षेत्रमा उच्चस्थान रहने देखिन्छ । यात्रा फलदायी होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय राम्रो छैन । आँखासम्बन्धी समस्याले सताउन सक्छ । आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायबाट लाभ प्राप्त हुनेछ । कामकाज सफल होला । उत्तम भोजन प्राप्त हुन सक्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मानसिक असन्तोष पैदा हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्तबाट सहयोग मिल्ला । दिन सामान्य बित्नेछ ।