श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस २ गते बिहीबार, १७ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको तृतीया तिथि १५ः३६ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र उत्तरषाढा १९ः२९ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः४७ र सूर्यास्त ५ः११ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
भाग्यलाई आफ्नो पक्षमा राख्नको लागि निकै कसरत अनि मेहनत गर्नु पर्नेछ । खर्चमा वृद्धि हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दाम्पदत्य जीवनको क्षेत्रमा केही समस्या आइपर्न सक्छ । व्यापारबाट लाभ हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शत्रु तथा विपक्षीहरूलाई मिलाउ“दै अगाडि बढ्नु होला । आर्थिक स्थिति राम्रो रहनेछ । यात्रा फलदायी देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानबाट सन्तुष्टि प्राप्त हुन सक्छ । स्त्रीबाट सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त होला । समय राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नराम्रो खबर प्राप्त हुनेछ । पुराना रोगले सताउनेछ । बन्न लागेको कार्यमा विलम्ब हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनतको फल प्राप्त हुनेछ । आफन्त र मित्रजनको सहयोग प्राप्त हुनेछ । दिन रमाइलोमा बित्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसाय राम्रो रहनेछ । सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ । आत्मविश्वासमा वृद्धि होला । दिन राम्रो छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विदेश यात्राको योग छ । कामकाजमा ध्यान पु¥याउनु होला । बोल्दा विचार पु¥याउनु राम्रो हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
फसेको धन प्राप्त हुनसक्छ । लामो दूरीको यात्रा हुनसक्ला । कामकाज सफल पार्न भरपूर प्रयास गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम प्रसङ्गमा अनुकूलता रहनेछ । आर्थिक उन्नतिको लागि गरेको प्रयास सफल हुनेछ । समय राम्रै देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । तपाईंको पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म–कर्ममा मन लाग्नेछ । लामो दूरीको यात्रा होला । मन प्रफुल्लित हुनेछ । पढाइ लेखाइमा मन लाग्नेछ ।