ब्लाष्टखबर । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार पुन:संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक अंगका पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने परिषद्काे  आज बस्ने भनिएकाे बैठक नियुक्ति सिफारिसका लागी नभइ परामर्शका लागि बैठक बोलाइएको बालुवाटार स्रोतले जानकारी दिएका छन्  ।

यस अघि मंगलबार बिहान परिषद्काे बैठक बसेकाे थियाे । बैठकमा परिसद् सदस्य सभामुख अग्नि सापकोटा अनुपस्थित भएका थिए । सभामुख  सापकोटा अनुपस्थित भएपछि केहिबेरमा बसेकाे मन्त्रिपरिसद्काे बैठकले बहुमत सदस्यले निर्णय गर्नसक्ने गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गरेसंगै केहि बेरमै राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी भएकाे थियाे ।

अध्यादेश आलाेचना हुन थालेपछि बुधबार प्रधानमन्त्री ओलीले बुधबार स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता गर्ने सहमत भएका थिए । अध्यादेश फिर्ताकाे आैपचारिक सूचना राष्ट्रपती कार्यालयबाट नआउँदै  साँझ साढे ५ बजेका लागी परिषद्को बैठक बाेलाइएकाे छ । 

 बेलुका ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएकाे छ ।