श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस ३ गते शुक्रबार, १८ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको चतुर्थी तिथि १४ः४२ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र श्रवण १९ः१९ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ६ः४८ र सूर्यास्त ५ः१२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय राम्रो छ । लामो दूरीको यात्रा होला । आँटे ताकेका कुरा पूर्ण हुनेछन् । खानपानमा विचार पु¥याउनुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म–कर्ममा रुचि बढ्नेछ । सेवा क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्नुहुनेछ । मन प्रसन्न रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला । सोचेअनुरूप सफलता नमिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम गर्न सक्ने जोस आउनेछ । छोटो दूरीको यात्रा हुन सक्छ । विचार आदान–प्रदान गर्दै दिन बित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलीको सकारात्मक प्रभाव रहला । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मित्रबाट सहयोग र साथ मिल्नेछ । समय उत्तम देखिन्छ । चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
निर्णय गर्दा दोधारको अवस्था आउनेछ । कल्पनाशील भएर गरिने कार्यतर्फ मन जानेछ । खर्च वृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । राजनैतिक क्षेत्रमा उच्चस्थान रहने देखिन्छ । यात्रा फलदायी होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मानसम्मानमा वृद्धि हुनेछ । नेतृत्वदायी भूमिका निर्वाह गर्नु हुनेछ । परिवारमा प्रसन्नता छाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनावश्यक यात्रा तथा खर्च हुनसक्छ । आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । व्यर्थको कार्यमा पैसा खर्च हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साझेदारीमा गरिने काममा सफलता मिल्नेछ । व्यापार–व्यवसायमा राम्रो नतिजा प्राप्त हुनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुख र आनन्द प्राप्त हुनेछ । वस्त्र, आभूषण जस्ता वस्तुहरू प्राप्त हुनेछन् । समय उत्तम देखिन्छ ।