श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस ५ गते आइतबार, २० डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको षष्ठी तिथि १५ः१० बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र शतभिषा २१ः१५ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः४९ र सूर्यास्त ५ः१३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
प्रतिस्पर्धामा अगाडि बढिनेछ । आकश्मिक धनलाभ हुने योग रहेको देखिन्छ । यात्रा फलदायी रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नया“ कामको थालनी गर्दा बिग्रन सक्छ । पति र पत्नीको सम्बन्धमा खट्पट आउन सक्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सेवा क्षेत्रतिर आबद्ध भएकाहरूलाई भने राम्रो समय रहनेछ । स्वास्थ्यको ख्याल राख्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रुमाथि विजय प्राप्त हुनेछ । तर, यो समय मा व्ययमा वृद्धि हुनसक्ला । दिन सामान्य खालको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आइपर्ने सङ्कट टार्न नसक्दा दुःख पाइनेछ । सावधान रहनु होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । वैदेशिक यात्राको लागि समय राम्रो रहेको देखिन्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रानजैतिक कार्यमा सफलता मिल्नेछ । मान, सम्मान प्राप्त हुनेछ । मनोरञ्जनतिर मन जानेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आफ्नो कार्य सम्पादनमा सफलता मिल्नेछ । यात्रा सफल होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक यात्रामा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । दिन रमाइलोमा बित्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
थालेको कामले तीव्रता पाउनेछ । अचल सम्पत्ति हात पर्नुका साथै लाभदायक यात्रा हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । दिन सामान्य देखिन्छ । सामानहरू हराउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्रको व्यापारबाट प्रशस्त लाभ हुनेछ । अनावश्यक खर्च बढ्नेछ । खानपानमा विचार पु¥याउनु होला ।