श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस ६ गते सोमबार, २१ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको सप्तमी तिथि १६ः३२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पूर्वभाद्र २३ः१६ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५० र सूर्यास्त ५ः१३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
स्वास्थ्यले पनि साथ देला साथै उच्च अधिकारीबाट पनि साथ र हौसला मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो समय मन्दिर वा धार्मिकस्थलको दर्शन गरी दान–दक्षिणा दिनको लागि उत्तम छ । मन प्रसन्न रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यसिद्धि हुने योग छ । वस्त्रसम्बन्धी व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । यात्रा सफल होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरकारी जागिरको योग छ । व्यापार– व्यवसायबाट प्रशस्त लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुहरूले जति नै आक्रमण गरे पनि विजय तपाईंकै हुनेछ । लामो दूरिको रमाइलो यात्रा हुन सक्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
जग्गा–जमिनको कारोबारबाट मुनाफा हुनसक्ला । वाणीमा संयमता अपनाउनु होला । मन प्रफुल्लित रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तपाईंको कार्य सिद्ध हुनेछ । बोलीको प्रभाव वृद्धि हुनेछ । लामो दूरीको रमाइलो यात्रा हुन सक्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईमा क्रोध तथा अहम्ता वृद्धि हुनसक्छ । अतः संयम भएर आफ्नो कार्य गर्नुपर्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
वैवाहिक जीवन तथा व्यापारकोे क्षेत्रमा केही चिन्ताको स्थिति रहन सक्छ । यात्रा गर्दा विचार गर्नु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनैतिक क्षेत्रबाट मन प्रसन्न रहनेछ । मान सम्मान मिल्नेछ । मनोरञ्जनतर्फ मन जान सक्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक यात्राको लागि समय राम्रो रहेको छ । आभूषण तथा वस्त्र खरिद गर्दा प्रशस्त लाभ मिल्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापारमा लगानी गर्दा अत्यन्त राम्रो हुनेछ । मनमा सन्तुष्टि प्रदान हुनेछ । लामो दूरीको यात्राको योग देखिन्छ ।