श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस ७ गते मङ्गलबार, २२ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको अष्टमी तिथि १८ः३० बजेसम्म, उप्रान्त नवमी, नक्षत्र उत्तरभाद्र ०१ः४९ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५० र सूर्यास्त ५ः१४ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
वैदेशिक क्षेत्रबाट तपाईंलाई लाभ मिल्न सक्छ । शारीरिक समस्या आउन सक्नेछ । यात्रा कष्टकर छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीर कमजोर र आलश्य महसुस गर्नुहुनेछ । आत्मबलको कमी हुनेछ । आफन्तजनबाट सहयोग प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कार्यसिद्धि हुने योग छ । वस्त्रसम्बन्धी व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । यात्रा सफल होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा कुनै महँगा तथा विलासिताको सामग्रीहरू खरिद बिक्री हुनसक्छ । मनमा शान्ति हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मानसिक रूपमा तपाईंलाई चिन्ता र तनाव चाहिँ रहनेछ । तथापि तपाईंको प्रगति भने हुनेछ । दिन समान्य बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त, साथीभाइबाट साथ र हौसला प्राप्त हुनेछ । जागिरका क्षेत्रमा सफलता मिल्नेछ । दिन रमाइलोमा बित्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जोस, जाँगर र फूर्ति केही कमी महसुस हुनेछ । शरीरमा आलश्यता छाउनेछ । दिन कष्टकर रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान, प्रतिष्ठा र सम्मान आदि प्राप्त हुनेछ । पढाइमा रुचि बढ्नेछ । छोटो दूरीको रमाइलो यात्रा होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईको मन अशान्त र निराश रहन सक्छ । यात्राको सम्भावना पनि देखिन्छ । खानपानमा विचार पु¥याउनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सवारी साधन किनबेच गर्नेहरूको लागि उत्तम समय रहेको छ । नयाँ कामको थालनी गर्दा मान्यजनको परामर्श लिएमा राम्रँे हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शरीरमा चोटपटक लाग्न सक्छ । यात्रा गर्दा विचार पु¥याउनु होला । अचानक धन हानिको योग परेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेममा सफलता प्राप्त हुनसक्ला । मनोरञ्जनात्मक कार्यक्रममा भाग लिने सुवर्ण अवसर मिल्नेछ ।