श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस ८ गते बुधबार, २३ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको नवमी तिथि २०ः५४ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र रेवती ०४ः४४ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः१४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । नया“ मित्रहरूसँग सङ्गम हुनेछ । भ्रमणको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । पारिवारिक सहयोगले कार्य अगाडि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
राजनैतिक र सामाजिक प्रतिष्ठान कायम राख्न लगानी गर्ने समय आएको छ । मन प्रफुल्लित रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा समस्या आउनेछ । सामान हराउने वा चोरी हुने भय रहेको छ । कामहरूमा बाधा आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । लामो दूरीको यात्रा हुनसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । प्रेम र जीवन सुखद् रहनेछ । वाहन लाभ पनि हुनसक्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक र सँंस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । दाम्पत्य जीवन केही असहज रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । मान, सम्मान प्राप्त हुनेछ । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक यात्राको योग रहेको छ । मिष्ठान्न भोजन प्राप्त होला । शारीरिक कष्ट हुन सक्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आत्मबलमा कमी आउनेछ । मनमा दुविधा उत्पन्न होला । सोचेअनुरूप काम नबन्नाले दिक्क भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम रहला । सेवा र सहयोग गरी लगानी गर्ने समय आएको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सुन्दर पहिरनले व्यक्तित्वमा निखार आउनेछ । सोचेअनुरूप कार्यहरू पूरा हुँदै जानेछन् । दिन राम्रो छ ।