श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस ९ गते बिहीबार, २४ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको दशमी तिथि २३ः५१ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र अश्विनी ७ः४८ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः१५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
कुनै पनि कुरा गोपनीयता राख्दा लाभ हुनेछ । नगरेका काममा आरोप लाग्ने योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नयाँ कामको थालनी गर्दा उत्तर फर्केर प्रारम्भ गर्नुहोला । सरकारी क्षेत्रबाट प्रशस्त लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आ“खासम्बन्धी समास्याले निकै सताउन सक्छ । सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आभूषण र वस्त्रको व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रेममा सफलता पाउने योग बनेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईंले नसोचेको स्थानबाट धनलाभ हुनेछ  । जग्गा–जमिनबाट प्रशस्त आय आर्जन हुनेछ । समय राम्रो छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पेटको समस्याले निकै सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला । पुरानो रोग बल्झिन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयभन्दा अधिक खर्च हुनेछ । अनावश्यक वस्तुको खरिद होला । नयाँ कामको थालनी नगर्दा राम्रो देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यमा विशेषगरी हड्डी र नसाको समस्या देखिन सक्छ । खानपान र मानसिक स्वास्थ्यमा ध्यान पु¥याउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ व्यवसायमा साझेदारीबाट निकै फाइदा हुने देखिन्छ । विदेश भ्रमणको योग बनेको छ । यात्रा सफल होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साझेदारीको माध्यमबाट व्यवसायमा वृद्धि हुनेछ । प्रेमसम्बन्धमा निकै खट्पट हुने योग रहेको छ । दिन सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । नयाँ व्यवसायमा लगानी गर्दा निकै फाइदा हुने योग छ । समय राम्रै छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दाँतको समस्याले निकै सताउन सक्छ । पढाइमा मन लाग्ने छैन । शरीर आलश्य बन्नेछ । यात्रा कष्टकर रहला ।