श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १२ गते आइतबार, २७ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको त्रयोदशी तिथि ०६ः३६ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र कृतिका १३ः३२ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः१७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
धार्मिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सवारी साधन खरिद गर्ने योग छ । समय उत्तम छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कुनै पनि काम गर्दा संयमता अपनाएर गर्नुहोला । कार्य बिग्रन सक्छ । शिरमा चोट लाग्न सक्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सरकारी जागिरको योग बनेको छ । अकश्मात धन प्राप्त हुने योग रहेको छ । पढाइमा रुचि बढ्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । आम्दानीका नयाँ स्रोतहरू खुल्नेछन् । खानपानमा विचार पु¥याउनु होला । मन शान्त रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रेमसम्बन्धमा सफलता प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला । मन प्रसन्न बन्नेछ । तपाईंले सोचेका कुराहरू पूरा हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
होटल व्यवसायबाट मनग्य लाभ हुनेछ । सन्तानबाट मन प्रफुल्लित रहला । आजको दिन राम्रो छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययन–अध्यापनमा भन्दा बढी खेलकुदमा मन जानेछ । नसासम्बन्धी बिरामीले सताउन सक्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आभूषण तथा वस्त्रको व्यापारबाट प्रशस्त लाभ हुनेछ । पढाइमा मन जानेछ । खानपानमा विचार पु¥याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक यात्राको योग छ । समय उत्तम रहेको छ । सोचेअनुरूपको कार्यमा सफलता मिल्नाले मन प्रफुल्लित रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कृषि व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । नयाँ कामको थालनीमा सावधानी अपनाउनु होला । दिन राम्रो रहेको छ ।