श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १४ गते मङ्गलबार, २९ डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको चतुर्दशी तिथि ८ः१२ बजेसम्म, उप्रान्त पूर्णिमा, नक्षत्र मृगशिरा १७ः४६ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
भ्रमण हुने सम्भावना छ । इष्टमित्रहरूसँग भेट हुनेछ । मनोरञ्जनात्मक कार्यमा रुचि बढ्नेछ । दिन रमाइलोमा बित्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीर अस्वस्थ रहला । नयाँ काम थालनी गर्दा सतर्कता अपनाउनु होला । आँखासम्बन्धी समस्याले सताउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्ना गोपनीय कार्यलाई मनमै राखेर कार्य गर्दा सफलता पाइनेछ । अकस्मात धन प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रेमसम्बन्धमा सफलता प्राप्त हुनेछ । पारिवारिक सम्बन्धमा आनन्द, खुसी छाउनेछ । आजको दिन राम्रो छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुहरूले जति नोक्सानी गर्न खोजे पनि अन्तिममा तपार्इंको विजय हुनेछ । समय उत्तमखालको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । मान्यजनबाट आशिर्वाद प्राप्त हुनेछ । आजको दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रोकिएका कार्यहरू बन्दै जानेछन् । मन प्रसन्न रहला । वैदेशिक यात्राको योग रहेको छ । दिन राम्रो देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय अति नराम्राे चलेको छ । साथीभाइहरूबाट सोचेअनुरूप सहयोग प्राप्त हुने छैन । यात्रा कष्टकर रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तपाईंको बोलीको प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त होला । साथै धनलाभ हुने योग देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज अनावश्यक यात्रा तथा खर्च हुनेछ । पढाइको क्षेत्रबाट निकै लाभ हुनेछ । खानपानमा विचार पु¥याउनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुख र धनको प्रँप्ति हुनेछ । नया“ वस्त्र प्रँप्त हुनसक्ला । शत्रुमाथि विजय प्राप्त हुनेछ । दिन राम्रँे छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफूले गरेका कार्यहरूबाट मन प्रसन्न रहनेछ । मान, सम्मान प्रँप्त हुनेछ । लामो दूरीको यात्रा हुनेछ ।