श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १५ गते बुधबार, ३० डिसेम्बर २०२० । प्रमादी संवत्सर, मार्ग शुक्लपक्षको पूर्णिमा तिथि ९ः१२ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र आद्र्रा १९ः०८ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५३ र सूर्यास्त ५ः१९ मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

कष्ट,रोग,घाटा, आकस्मिक सङ्कट आदिको भय रहन्छ । स्वास्थ्यको ख्याल राख्नु होला । मन अशान्त रहनेछ ।  


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला । कसैसँग विवाद तथा झगडा नगर्नु होला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको नैराश्यता आउन सक्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । साहित्यका क्षेत्रमा रुचि बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

जोस, जाँगर र हिम्मत बढ्नेछ । दिनको उत्तराद्र्धमा भने खर्च हुनेछ । शारीरिक कष्ट हुन सक्ला ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अरूलाई प्रभावित पारेमा काम बन्नेछ । बन्धुबान्धवबाट सहयोग प्राप्त हुनेछ । मन प्रफुल्लित रहला । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज अनावश्यक यात्रा तथा खर्च हुनेछ । पढाइको क्षेत्रबाट निकै सफलता मिल्नेछ । खानपानमा विचार पु¥याउनु होला ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक कामको दायित्व बढ्नेछ । भूमि र वाहन खरिद गर्ने योग रहेको छ । मन प्रसन्न रहनेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक स्थानमा धन खर्च हुने योग रहेको देखिन्छ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

दीर्घकालीन योजना अगाडि बढ्नेछन् । नयाँ योजना कार्यान्वयन गरेमा दूरगामी प्रतिफल प्राप्त होला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कुटुम्बको सहयोग मिल्नेछ । थालेका कार्यमा सफलता प्राप्त होला ।