श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १६ गते बिहीबार, ३१ डिसेम्बर २०२० । प्रमादी संवत्सर, पुष कृष्णपक्षको प्रतिपदा तिथि ९ः४६ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पुनर्वशु २०ः०१ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः१९ मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ । भौतिक वस्तु जुटाउन सकिनेछ । सामान्य विवाद आउन सक्छ । 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । मित्रता र प्रेमको बन्धन कसिनेछ । 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ । नोकरी तथा व्यवसायबाट फाइदा हुनेछ । 


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला । तारिफयोग्य कामले समाजमा लोकप्रियता दिलाउन सक्छ । 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामान्य कामका लागि दौडधुप गर्नु पर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला । थकावट महसुस हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिबन्दले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्ने योग रहेको छ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

खानपान र आहार विहारमा ध्यान पु¥याउनु होला । कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

द्वेष तथा ईष्र्या गर्नेहरूले दुःख दिए पनि चुनौती चिर्दै काम सफल पार्न सकिनेछ । मन प्रसन्न रहला ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

वस्त्र तथा आभूषणको व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । रोकिएका कामहरू सजिलै बन्दै जानेछन् । 


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अवसर आए पनि हडबडले काम बिग्रन सक्छ । विवादास्पद काममा जुट्नु पर्दा प्रतिफल प्रभावित हुनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नु होला । गोपनीयतामा ध्यान दिनुहोला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुनसक्छ । यात्राको अवसर रहेको छ ।