श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस १९ गते आइतबार, ३ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको चतुर्थी तिथि ८ः५८ बजेसम्म, उप्रान्त पञ्चमी तिथि, नक्षत्र मघा २०ः०९ बजेसम्म, उप्रान्त पूर्वफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः२१ मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

सोचेका अधुरा कार्यहरू पूर्ण हुनेछन् । कृषिक्षेत्रबाट प्रशस्त लाभ हुनेछ । पढाइमा  रुचि बढ्नेछ ।  


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

दूध तथा मिष्ठान्नबाट प्रशस्त लाभ लिन सकिनेछ । सामाजिक कार्यमा मन लाग्नुका साथै तीर्थ यात्रा पनि होला ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । धनको नयाँ आयस्रोतहरू खुल्नेछन् । दिन राम्रो छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

वैदेशिक यात्राको योग रहेको छ । मानसम्मान प्राप्त हुनुका साथै मन अत्यन्तै प्रफुल्लित रहनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । लामो दूरीको यात्रा हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुने योग छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वाणीमा संयमता अपनाउनु होला । बन्न लागेका कार्यहरू पनि बिग्रन सक्नेछन् । समय नराम्रो रहेको छ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पेटसम्बन्धी समस्याले सताउन सक्छ । आफन्तहरूको सरसहयोग प्राप्त हुनेछ । समग्रमा दिन राम्रो छ । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यवसायमा लगानी गर्दा मनग्य फाइदा हुनेछ । धर्म–कर्ममा रुचि बढ्नुका साथै सामाजिक कार्यहरूमा मन लाग्नेछ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कृषि व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । पढाइ लेखाइमा भन्दा मनोरञ्जनमा मन जाने देखिन्छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सवारी साधन किन्दा अग्रजहरूको सल्लाह सुझाव लिएर खरिद गर्दा अति राम्रो हुनेछ । दिन शुभ रहेको छ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

चिताएको काम पूरा नहुनाले अर्थ अभाव देखापर्न सक्छ । दुर्भावना राख्नेहरूले दुःख दिनेछन् ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कसैको साथ र सहयोग प्राप्त नहु“दा मन दुःखित रहनेछ । शत्रुले फाइदा उठाउन सक्छन् । सजगता अपनाउनु होला ।