श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस २० गते सोमबार, ४ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको पञ्चमी तिथि ७ः३१ बजेसम्म, उप्रान्त षष्ठी तिथि, नक्षत्र पूर्वफाल्गुनी १९ः३२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्त तथा मित्रजनबाट साथ र सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
स्वास्थ्यले साथ दिनेछ । शत्रुमाथि विजय प्रँप्त हुनेछ । पराक्रममा वृद्धि होला । आजको दिन उत्तम रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तपाईंको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंको द्वितीय भावमा चन्द्रमा गोचरमा छ । तपाईंको बोलीको प्रभावमा वृद्धि हुनेछ । यात्रा फलदायी देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिष्ठान्न भोजन प्रँप्त होला । साथै धनलाभ पनि हुनेछ । आफन्त तथा परिवारजनबाट साथ र सहयोग प्राप्त होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुख र आनन्द प्रँप्त हुनेछ । दाम्पत्य जीवन सुखद् रहनेछ । मन प्रसन्न रहला । छोटो दूरीको रमाइलो यात्रा हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार–व्यवसायमा लाभ प्राप्त होला । धन लाभ हुनेछ । मिष्ठान्न भोजन प्रँप्त हुनसक्छ । सन्तानबाट सुख मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यसिद्धि होला । मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ देला । उच्च अधिकारीबाट साथ सहयोग मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो समयमा गरिएका कार्यहरू सफल हुनेछन् । पढाइका क्षेत्रमा रुचि बढ्नेछ । आज मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्वास्थ्यको ख्याल राख्नु होला । मन अशान्त रहनेछ । कष्ट, रोग, घाटा आकस्मिक सङ्कट आदिको भय देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
दाम्पत्य सुख र आफ्ना मित्रजनबाट सहयोग प्राप्त होला । शत्रुमाथि विजय प्रँप्त हुनेछ । आजको दिन राम्रँे रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पढाइ तथा प्रेममा सफलता मिल्नेछ । मन प्रसन्न रहला । रचनात्मक कार्य तथा कलाकारिताका क्षेत्रमा मन जानेछ ।