श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७७ साल पुस २२ गते बुधबार, ६ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको अष्टमी  तिथि २ः३० बजेसम्म, उप्रान्त नवमी तिथि, नक्षत्र हस्ता १७ः२८ बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमाराशि कन्या, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । आँटेको र ताकेको कार्य पूरा होला ।   


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज आफन्त वा मित्रजनबाट विशेष सहयोग मिल्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यवसायका लागि यात्राको सम्भावना पनि देखिन्छ । राजनैतिक क्षेत्रबाट प्रशस्त लाभ मिल्ने योग छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नया“ सवारी साधन प्राप्तिको योग छ । दिनको उत्तराद्र्ध अधिक सुखद् रहनेछ । शुभकार्यको चर्चा चल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रेमप्रस्ताव प्राप्त हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । नयाँ कामको थालनी हुनेछ । दिन राम्रँे रहेको छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धार्मिक कार्य सफल रहनेछन् । नया“ ज्ञान सिक्ने मौका मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

प्रेमसम्बन्ध कसिलो होला । अधुरो काम पूरा हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ । मन प्रसन्न रहला । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

राजनैतिक कार्यमा असफल भइएला । नाक तथा घाँटीमा समस्या आउन सक्नेछ । सामान हराउने योग रहेको छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

दाम्पत्य सुखले प्रफुल्लित भइएला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । महिला वर्गबाट सहयोग मिल्नेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख प्राप्त हुनेछ । भ्रमणको योग रहेको छ । 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार–व्यवसायको लगानीबाट प्रशस्त लाभ मिल्नेछ । सरकारी जागिरको योग रहेको छ । धर्म–कर्ममा मन जाला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वैदेशिक यात्राको योग छ । नयाँ कामको थालनीले मन प्रसन्न रहला । छोटो दूरीको फलदायी यात्रा होला ।