श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल पुस २३ गते बिहीबार, ७ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको नवमी  तिथि २४ः०० बजेसम्म, उप्रान्त दशमी तिथि, नक्षत्र चित्रा १६ः०६ बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

पदोन्नतिको योग परेको छ । दाम्पत्य जीवन सुखद् हुनाले मन प्रसन्न रहनेछ । यात्रा फलदायी देखिन्छ ।     

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्य अवरोध र स्वास्थ्य प्रतिकूल रहनेछ । आफन्तजनबाट धोका पाइनेछ । आजको दिन सामान्य बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कार्य कुसलताले अरूको मन जित्न सकिनेछ । नयाँ कामको योजना बन्नेछ । शुभ कार्यको चर्चा चल्नेछ ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आर्थिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । उन्नतिको मार्ग प्रशस्त देखिन्छ । पढाइ लेखाइमा ध्यान जानेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तपाईंको कामको कदर हुनुका साथै मान, सम्मान प्राप्त हुनेछ । प्रेमपक्ष सफल देखिन्छ । अध्ययन–अध्यापनमा मन जानेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्य जीवन सफल देखिन्छ । वैदेशिक यात्राको योग परेको छ । सामाजिक कामकाजमा ध्यान जानेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वस्त्र तथा आभूषणजन्य व्यापार–व्यवसायबाट आर्थिक लाभ मिल्नेछ । मन प्रसन्न रहनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समाजका प्रतिष्ठित व्यक्तित्वको साथ सहयोगले सफलता प्राप्त हुनेछ । लामो दूरीको फलदायी यात्रा हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी कामकाजबाट सफलता हासिल हुनेछ । प्रेमपक्ष सफल देखिन्छ । आजको दिन रमाइलोसँग बित्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । एउटै कामबाट दोहोरो फाइदा लिन सकिनेछ । आजको दिन राम्रो रहेको छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समस्या आइपरे पनि समाधान गर्न सकिनेछ । कामकाजमा संयमता अपनाउनुहोला । यात्रा सफल नै देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

थालेको कामकाजबाट सन्तोषजनक प्रतिफल नआउला । शत्रुपक्ष सबल हुनाले सावधानी अपनाउनु होला ।