श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल पुस २४ गते शुक्रबार, ८ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको दशमी तिथि २२ः०४ बजेसम्म, उप्रान्त एकादशी तिथि, नक्षत्र  स्वाती १४ः३३ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२५ मा हुनेछ ।


मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

समय राम्रो छ । नयाँ कामको थालनीले मन प्रसन्न रहनेछ । लामो दूरीको यात्रा हुने देखिन्छ ।     


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार–व्यवसायबाट प्रशस्त लाभ रहनेछ । वैदेशिक यात्राको योग रहेको छ । पढाइमा रुचि बढ्नेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अवसर प्राप्त भए पनि आफ्नै कमजोरीले काम रोकिन सक्छ । दोहो¥याएर प्रयत्न गर्दा सम्पादन हुनेछ ।  


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

महत्वाकाङ्क्षी कार्य प्रारम्भ होला । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । समय सामान्य छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अवसरका लागि दौडधुप गर्नुपरे पनि दिगो काम थालनी हुनेछ । खर्च बढ्ने देखिन्छ । याज्ञा फलदायी होला ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीका विभिन्न स्रोत भेटिए पनि सोचेजस्तो फाइदा नहुन सक्छ । लगानी बढ्ने देखिन्छ । 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आम्दानीका विभिन्न स्रोत खुल्नेछन् । सरकारी जागिर प्राप्त हुने योग रहेको छ । आजको दिन राम्रँे छ ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

राजनैतिक क्षेत्रबाट सफलता प्राप्त हुनेछ । वैदेशिक यात्राको योग रहेको छ । पढाइमा रुचि बढ्ने देखिन्छ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापार–व्यवसायको लगानीमा मन जानेछ । वाणीमा संयमता अपनाउनु होला । पढाइमा रुचि लाग्नेछ । मन प्रसन्न रहला ।  


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सरकारी क्षेत्रबाट मान सम्मान प्रँप्त होला । वैदेशिक यात्राको योग रहेको छ । खानपानमा विचार पु¥याउनु होला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वैदेशिक क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सन्तान प्राप्तिको योग रहेको छ । मन प्रसन्न रहला । खानपानमा रुचि बढ्नेछ ।