श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल पुस २६ गते आइतबार, १० जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको द्वादशी तिथि १७ः१४ बजेसम्म, उप्रान्त त्रयोदशी तिथि, नक्षत्र अनुराधा ११ः०८ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय राम्रँे छ । नयाँ कामको थालनीले मन प्रसन्न रहनेछ । लामो दूरीको यात्रा हुने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्रजन्य व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । धर्म–कर्म तथा सामाजिक कार्यमा मन जानेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक कार्य सफल रहनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमसम्बन्धमा सफलता पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वास्थ्य अवस्था कमजोर रहेको छ । कामकाज अधुरा रहनेछन् । खानपानमा विचार पु¥याउनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ । आँटे ताकेका कार्यहरू पूर्ण हुनेछन् । मन प्रफुल्लित रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सामाजिक कार्यमा मन लाग्नेछ । थालेका कार्यहरू सफल हुनेछन् । रोकिएका कार्यहरू सुचारु हुनेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वाणीमा संयमता अपनाउनु होला । कार्य बिग्रन सक्छ । समय मध्यम् खालको रहेको छ । यात्रा सफल होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । मन प्रसन्न रहनेछ । दिन उत्तम छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिनको कार्यबाट सफलता पाइने छ । पढाइमा रुचि जाग्नेछ । व्यापारमा सफलता मिल्ने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उद्योग र व्यापारबाट विशेष फाइदा उठाउन सकिएला । गरिएका कर्मको छोटो समयमै राम्रो प्रतिफल पाइनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूले साथ दिनाले काम सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नु होला । गोपनीयतामा ध्यान पु¥याउनु होला ।