श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल पुस २७ गते सोमबार, ११ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष कृष्णपक्षको त्रयोदशी तिथि १४ः५२ बजेसम्म, उप्रान्त चतुर्दशी तिथि, नक्षत्र ज्येष्ठा ९ः२६ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः२७ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुटाउनेछ । कार्य सफल रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वस्त्र, आभूषणजन्य व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । सोचेका कार्यहरू पूर्ण हुनेछन् । दिन राम्रो छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शारीरिक समस्याका कारण अधिक खर्च हुने योग रहेको छ । लामो दूरीको यात्रा हुने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काम हातलाग्ने समय छ । केही सङ्घर्ष गर्नुपरे पनि राम्रो फाइदा उठाउन सकिनेछ । मन प्रसन्न रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि कर्म र व्यावसायिक कामबाट मनग्य लाभ मिल्नेछ । उद्योग र व्यापारबाट सामान्य लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले साथ नदिनाले केही समस्या बढ्न सक्छ । कार्य गर्दा सतर्कता अपनाउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
छिटो फल प्राप्त गर्ने आकाङ्क्षाले समस्या निम्त्याउन सक्छ । यात्रामा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नियमित काम सम्पदान हुनेछन् । बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अध्ययनमा राम्रो उपलब्धि हात लाग्न सक्छ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनु होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज केही समस्या पर्न सक्छ । स्वास्थ्य चिन्ताले पनि अलि सताउन सक्नेछ । दिन सामान्य छ । यात्रा कष्टकर रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विभिन्न अवसर जुट्नेछन् भने सहयोगीहरूले पनि भरपूर साथ दिनेछन् । मन प्रसन्न रहला । फलदायी यात्राको योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका कामकाज बन्ने तथा नया“ काम प्रारम्भ गर्ने समय आएको छ । लामो दूरीको फलदायी यात्रा होला ।