- डा. खगेन्द्र ओली
शरीरको कुनै एक भाग, हात, खुट्टा, मुख अथवा शरीरको पूरै भाग लाटो, बोधो भएर निदाए जस्तो, झमझमाए जस्तो गरेर हिडडुल गर्न वाचलाउन नसकी कार्य सम्पादनमा सन्तुलन र समन्वय गुमाउनुलाई प्यारालाइसिस भनिन्छ ।
यसलाई तराइतिर लकवापनि भनिन्छ । यो समस्या प्रायः ६५ बर्षभन्दा बढी उमेर भएका पुरुष व्यक्तिहरुलाई बढी मात्रामा हुने गर्दछ । करिब २० प्रतिशत मानिसहरुलाई वंशानुगत प्यारालाइसिसपनि हुन सक्छ ।
यो समस्याले विश्वमा प्रत्येक सेकेन्ड एक जना मानिसको ज्यान लिने गर्दछ । विश्वमा अपांग(disable)हुने कारणहरु मध्ये प्यारालाईसीस प्रमुख कारण हो ।
कसरी हुन्छ त प्यारालाइसिस् ?

मस्तिष्कमा शरिरका सबै भागहरु चलाउने केन्द्रहरु हुन्छन् । त्यसै अनुसार शरीरका सम्पूर्ण अंगहरु चल्दछन् । यदि मस्तिष्कमा भएका साना–साना नशाहरुमा केही कारणले अवरोध सिर्जना भई मस्तिष्कलाई चाहिने मात्रामा भिटामिन र अक्सिजनको कमीभई मस्तिष्कको केही भागमा कोषिकाहरु मर्न थाल्दछन् ।
ती कोषिकाहरु कुन केन्द्रमा मर्दछन् त्यसै अनुसार शरीरका विभिन्न भागहरुले काम गर्न छाड्द छन् वा प्यारालाइसिस हुन्छ ।
–मस्तिष्कमा चाहिने भन्दा बढी प्रेसरका कारण मस्तिष्कका साना–साना कोषिकाहरु फुटेर रगत जम्न जान्छ र जुन भागमा रगत जम्छ त्यसको विपरित दिशाकाअंगहरुले काम गर्न छाड्छन् र प्यारालाइसिस देखा पर्दछ ।
कारणहरु
– वंशानुगत कारण
– उच्च रक्तचाप र चिनी रोगका कारण
– रगतमा कोलेस्ट्रोलको मात्रा अत्याधिक बढ्नु
– ध्रुमपान र मद्यपान
– शारीरिक अभ्यासको कमि
– मोटोपना
– अत्याधिक तनाव
– नुन र चिनीको अत्याधिक सेवन
– ब्रेन टि.वि. र ब्रेन क्यान्सर
– मस्तिष्कमा चोटपटक लाग्नु
– ब्रेन ट्युमर
– स्पाइनल इन्जुरी (षुशुम्नामा चोट लाग्नु)
उपचार तथा व्यावस्थापन
सबै भन्दा पहिला त प्यारालाइसिस हुनुको कारण पत्तालगाएर कारणको उपचार गर्नु जरुरी छ । प्यारालाइसिस्आफैंमा रोग नभएर लक्षण भएको हुँदा यसका कारणहरुले महत्वपूर्ण भूमिका खेल्दछ ।
विरामीको अवस्था जटिल भएमा तुरुन्त अस्पताल भर्ना गर्नु पर्दछ । संसारमा प्यारालाइसिसको उपचार गर्ने धेरै विधि र पद्धतिहरु छन् । त्यसमध्ये होमियोप्याथि उपचार पद्धतिलाई महत्वपूर्ण रुपमालिन सकिन्छ ।
यसले प्यारालाइसिसका विरामीहरुलाई निको बनाउन महत्वपूर्ण भूमिका खेल्दछ । यो व्यक्ति परक उपचार पद्धति भएको हुँदा लक्षण अनुसार फरक–फरक विरामीहरुलाई फरक–फरक औषधीहरु दिनु पर्ने हुन सक्छ ।
यसमा विरामीहरुको शारीरिक, मानसिक र भावनात्मक अवस्था समेत बुझेर सम्पूर्ण लक्षणहरुलाई एकीकृत गरी औषधी दिएमा यो पूर्ण रुप मानिको हुन सक्छ ।
तर, यसमा विरामीको अवस्था (severity) कस्तो छ निको हुने कुरा त्यसमा निर्भर गर्दछ । होमोप्याथिमा प्यारालाइसिसलाई निको बनाउने थुप्रै औषधीहरु छन् : त्यसमध्ये कष्टिकम, लेकीएसिस्, नक्स्भोमिका, जेल्सेमियम्, कुरारी, नाजा, बोथोरप्स्, ओपियम्, डल्कामारा आदि औषधीहरुलाई विरामीको अवस्था र लक्षण अनुसार दिन सकिन्छ ।
यस बाहेक अक्युपन्चर फिजीयो थेरापी लगायतका उपचार विधिहरु समेत समावेश गरी उपचार गरेमा प्यारालाइसिसलाई अझ चाँढै निको बनाउन सकिन्छ ।
कसरी बच्ने त ?
आजकाल दिनानु दिन यस्ता विरामीहरुको संख्या बढिरहेको छ । प्रायःचिसो मौसममा मानिसहरुले पचिहाल्छ भनेर बढी मात्रामा खानपिन गर्ने र शारीरिक अभ्यास नगर्ने कारणहरुले तथा चिसो समयमा रक्त नलीहरु साँघुरो हुने हुँदा उक्त रक्तचापको जोखिम बढेर प्यारालाइसिस हुने खतरा बढ्छ ।
– चिसोको समयमा घरमा नै शारीरिक अभ्यासहरु गर्ने बानी बसाल्ने ।
– घाम देखिएपछि दिनमा कम्तिमा ५ किलोमिटर पैदल यात्रा गर्ने बानीब साल्ने ।
– झोलिलो र तातो चाँडै पच्ने खालको खानेकुरा खाने ।
– चिल्लो, नुन, चिनी, मसला, मासु र दुग्धजन्य खानाका परिकारहरु कम गर्ने ।
– मौसम अनुसारको फलफुल खाने ।
– धुम्रपान र मद्यपान नगर्ने ।
– तनावबाट मुक्त हुन व्यायाम, योग र ध्यान गर्ने ।
– मोटोपन कम गर्ने ।
– समयमा नै सुत्ने र उठ्ने बानी बसाल्ने ।
– सात्विक खाना खाने बानी बसाल्ने ।
– न्यून रक्तचाप भएका विरामीहरुले तितो खाना कम खाने वा राति तितो नखाने
– उच्च रक्तचाप भएका मानिसहरुले र कोलेष्ट्रोलका विरामीहरुले परेवाको मासु नखाने ।
– आफ्नो स्वास्थ्य समस्याका बारेमा परिवारका सदस्यहरुलाई जानकारी गराउने ।
– बेला बेलामा सुगर, प्रेसर, कोलेष्ट्रोल लगायत स्वास्थ्य परिक्षण गराउने ।
– केही समस्या आएमा, हात खुट्टा लुलो लाटो भएमा, मुखबाङ्गिएमा, आँखा तिर्मिराएमा, बोली लर्बराएमा वा मुखबाट र्याल चुहिरहेमा तुरुन्तै नजिकको स्वास्थ्य केन्द्र वा अस्पतालमा चाँज गराउने ।
डा. ओली इटहरी स्थित इन्खा पोलिक्लीनिक प्रा.लि.का निर्देशक हुन् ।