श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ४ गते आइतबार, १७ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको चतुर्थी तिथि ८ः२५ बजेसम्म, उप्रान्त पञ्चमी तिथि, नक्षत्र पूर्वभाद्र ७ः५७ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः५५ र सूर्यास्त ५ः३२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभसमाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखी रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मान, प्रतिष्ठामा वृद्धि हुनेछ । नयाँ काम वा राजेगार पाइएला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभकार्यको चर्चा चल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइएला । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक तथा सामाजिक सेवामा मन लाग्नेछ । कार्यमा सफलता मिल्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आजको दिन शुभ छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्तसँग भेटघाट होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । शुभकार्यको योजना बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफूलाई कमजोर भएको अनुभव हुनेछ । अरूको वचन टार्न नसक्दा दुःख पाइनेछ । दिन सामान्य छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिकूल समयले घेरेको छ । संयमित रहनु होला । खानपानमा विचार पु¥याउनु पर्ने देखिन्छ । दिन सामान्य छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्याङ्कन हुनेछ । पठन–पाठनमा प्रगति हुनेछ । साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले कामकाज अगाडि बढ्नेछन् । मन प्रसन्न रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार–व्यवसायबाट लाभ मिल्नेछ । लगनशीलताले कामकाज सफल हुनेछन् । आजको दिन उत्तम छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पूरा होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।