श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ ७ गते बुधबार, २० जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको सप्तमी तिथि १३ः३१ बजेसम्म, उप्रान्त अष्टमी तिथि, नक्षत्र रेवती १२ः४९ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ६ः५४ र सूर्यास्त ५ः३५ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

पढाइमा रुचि बढ्नेछ । आफूले सोचेअनुरूपका कार्यहरू अगाडि बढ्दै जानेछन् । समय राम्रो रहेको छ ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्ययन–अध्यापनमा भन्दा खेलकुदमा रुचि बढ्नेछ । प्रतिष्ठित व्यक्तिहरूबाट मानसम्मान पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रेमसम्बन्धमा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ । खानपानमा विचार पु¥याउनु होला ।   

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

पेटसम्बन्धी समस्याले सताउन सक्छ । लामो दूरीको यात्रा गर्दा सजग रहनुपर्ने देखिन्छ । आजको दिन समान्य छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

धार्मिक कार्यमा मन जानेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । मानसम्मान प्राप्त हुने योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । पढाइमा रुचि बढ्नेछ । तीर्थयात्रा हुने योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

राजनैतिक क्षेत्रबाट सफलता प्राप्त हुनेछ । उच्चस्थानमा पुग्न सकिने योग रहेको छ । मन प्रसन्न रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज धैर्य एवम् लगनशीलताले राम्रो अवसर दिलाउनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता पाउनेछ । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापार–व्यवसायबाट विशेष लाभ मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आजको दिन राम्रो छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफन्तको सहयोग प्राप्त हुनेछ । व्यापारमा वृद्धि हुनुका साथै सामाजिक प्रतिष्ठा मिल्नेछ ।  मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पारिवारिक समस्या तथा मानसिक चिन्ता बढ्नेछ । सन्तानबाट कष्ट प्राप्त हुनेछ । आजको दिन सामान्य छ ।