श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ १४ गते बुधबार, २७ जनवरी २०२१ । प्रमादी संवत्सर, पौष शुक्लपक्षको चतुर्दशी तिथि १ः३६ बजेसम्म, उप्रान्त पूर्णिमा तिथि, नक्षत्र पुनर्वशु ४ः०४ बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५२ र सूर्यास्त ५ः४० मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा फड्को मार्न सकिएला । आवश्यकता पूरा गर्न ऋण लिनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्चिलो काम थाल्नाले केही समस्या आउनेछन् । पछिका लागि केही वस्तु ल्याउनुपर्ने हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । यात्रा सफल रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आकर्षक उपहारले उत्साह जगाउनेछ । पछिसम्म लाभ हुने काम प्रारम्भ गरिनेछ । खर्चको मात्रा बढ्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलै काम बन्नेछ । छोटो दूरीको यात्रा होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेमसम्बन्धमा सफलता प्राप्त हुनेछ । आफूले सोचेका कार्यहरू पूर्ण हुँदै जानेछन् । मन प्रफुल्लित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । यात्रा गर्दा विचार पु¥याउनु होला । चोटपटक लाग्न सक्ने सम्भावना छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सरकारी निकायबाट मान, सम्मान प्राप्त होला । लामो समयदेखि रोकिएका कामकाज बन्दै जानेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्ला । लगानी गर्दा विचार पु¥याएमा फाइदा हुनेछ । मन प्रसन्न रहनेछ ।