श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ १६ गते शुक्रबार, २९ जनवरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको प्रतिपदा तिथि ००ः०० बजेसम्म, उप्रान्त द्वितीया तिथि, नक्षत्र अश्लेषा ३ः३६ बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः५१ र सूर्यास्त ५ः४२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

रमाइलो यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल कार्य पनि सफल हुनेछ ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यापार–व्यवसायबाट राम्रँे सफलता मिल्ला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । फलदायी यात्रा होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

इच्छाशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचेजस्तो सफलता नमिल्ला । सामान हराउने योग छ ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कीर्तिमानी काम गर्ने समय छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शरीरमा स्फूर्ति र उम·को कमी हुनेछ । नाक र घाँटीमा समस्या आउला । मान्यजनको सहयोग मिल्ला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अतिथि आगमन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । मिष्ठान्न भोजनको योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कृषि क्षेत्रबाट प्रशस्त लाभ होला । व्यापारबाट प्रशस्त लाभ मिल्नेछ । यात्रा सफल हुने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

राजनैतिक क्ष्ँेत्रबाट सफलता मिल्नेछ । भ्रमणको योग रहेको छ । मनोरञ्जनतर्फ मन जानेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सोचेअनुरूप काम नबन्दा मन खिन्न रहनेछ । मनमा आलश्य पैदा हुनेछ । बोल्दा विचार पु¥याउनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र तथा आभूषण व्यवसायबाट प्रशस्त लाभ हुनेछ । सोचेअनुरूप कार्य सफल हुँदा मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सवारी साधन खरिद गर्दा अत्यन्त लाभ मिल्नेछ । सरकारी क्षेत्रबाट प्रशस्त लाभ रहनेछ देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेमसम्बन्धमा खटपटी हुनेछ । वाणीमा संयमता अपनाएर अगाडि बढ्दा राम्रो होला । आजको दिन राम्रो छ ।