श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ १८ गते आइतबार, ३१ जनवरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको तृतीया तिथि २०ः४१ बजेसम्म, उप्रान्त चतुर्थी तिथि, नक्षत्र पूर्वफाल्गुनी १ः३२ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५० र सूर्यास्त ५ः४३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
पराक्रमद्वारा कामकाज सफल पारिनेछ । यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै कार्य सम्पादन हुनेछ । यात्रा सफल होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएका काममा धेरै प्रयत्न गर्नुपर्ला । खर्च बढी भए पनि दिगो काममा लगानी गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नया“ काम थाल्ने अवसर जुट्नेछ । लेखन र अभिव्यक्ति कलामा निखार आउनेछ । फलदायी यात्राको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आयआर्जन बढ्नुका साथै व्यवसायबाट राम्रै प्रतिफल प्राप्त हुनेछ । कामकाज सफल हुनेछ । दिन रमाइलोसँग बित्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयत्न गरेमा विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुनसक्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । पढाइमा रुचि बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित व्यक्तिको सहयोगले सफलता हातपार्न सकिनेछ । सामाजिक काममा मन जानेछ । मन प्रसन्न रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कामकाजमा केही चुनौती पनि देखिनेछन् । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्नेछन् । सावधानी अपनाउनुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सानो प्रयत्नले काम बन्नेछ । सबैको सहयोगले उत्साह जगाउनेछ । साथ दिनेहरू फेला पर्नेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कर्मयोगले फाइदा मिल्नेछ । मिहिनेतले विशेष अवसर हातपार्न सकिनेछ । जोस, जाँगर बढ्नेछ । दिन राम्रो छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा प्रगति हुनेछ । सहपाठीहरूलाई पछि पार्न सकिनेछ । व्यापार र उद्योगबाट सामान्य फाइदा मिल्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
इच्छाशक्ति बढ्नाले महत्वाकाङ्क्षी काम सुरु हुनेछ । नयाँ कामको थालनी हुनेछ । व्यापारबाट प्रशस्त लाभ मिल्ला ।