श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल माघ १९ गते सोमबार, १ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ कृष्णपक्षको चतुर्थी तिथि १८ः४१ बजेसम्म, उप्रान्त पञ्चमी तिथि, नक्षत्र उत्तरफाल्गुनी ००ः३२ बजेसम्म, उप्रान्त हस्ता, चन्द्रमाराशि सिंह, सूर्योदय ६ः५० र सूर्यास्त ५ः४४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)

आम्दानीका विभिन्न स्रोत देखिए पनि फाइदा कम हुनेछ । अरूको मुख ताक्ने बानीले पछि परिएला ।   

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

मिहिनेत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रोकिएको कामले पनि निकास पाउने देखिन्छ ।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्नसक्छ । काम बिग्रने भयले सताउनेछ । उपलब्धि न्यून हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउने देखिन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिस्थिति अनुकूल नभए पनि भौतिक सुविधा प्राप्त हुनेछ । स्वादिष्ट खानपानमा मन रमाउने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पहिलेका समस्या दोहोरिनाले चिन्ता बढ्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

गोपनीयता बाहिरिनाले समस्या आइपर्ला । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार साझेदारी र सट्टापट्टाबाट लाभ मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । धनलाभ हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अपरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ । आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ने अवस्था आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । दिन समान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यर्थमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ । अर्थ अभावले विशेष काम रोकिन सक्छ । विचार पु¥याउनु होला ।